सिरिजमा श्रीलंकाको क्लिनस्वीप



एजेन्सी-बंगलादेशविरुद्ध तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा घरेलु टोली श्रीलंकाले क्लिनस्विप गरेको छ । कोलम्बोमा बुधबार अबेर सम्पन्न तेस्रो तथा अन्तिम खेलमा श्रीलंकाले बंगलादेशलाई एक सय २२ रनले हरायो ।

 

यससँगै श्रीलंकाले सिरिज ३–० ले जितेको छ । दुई सय ९५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ३६ ओभरमा सवै विकेट गुमाएर एक सय ७२ रनमा समेटिएको थियो । बंगलादेशका लागि सौम्य सरकारले सर्वाधिक ६९ रन बनाए । ताइजुल स्लामले अविजित ३९ रन बनाए । ओपनर अनमुल हक १४ र मुस्फिकुर रहिमले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् । श्रीलंकाका लागि दासुन शनाकाले तीन विकेट लिए । कशुन रजिथा र लाहिरु कुमाराले दुई दुई विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ९४ रन बनाएको थियो । श्रीलंकाका लागि एन्जिलो म्याथ्युजले ८७ रन बनाए । कुशल मेन्डिसले ५४, कप्तान दिमुथ करुणारत्ने ४६, कुशल परेरा ४२ र दासुन शनाकाले ३० रन बनाए ।  बंगलादेशका शैफुल स्लाम र सौम्य सरकारले तीन तीन विकेट लिए । रुवेल हसन र ताइजुल स्लामले एक एक विकेट लिए । श्रीलंका पहिलो खेलमा ९१ रन र दोस्रो खेलमा सात विकेटले विजयी भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता