सुशासनमा पाँच नम्बर प्रदेश अब्बल मन्त्रीः पोखरेल



डि.बि खड्का,भदौ १० गुल्मी ।
प्रदेश न पाँच का मुख्य मन्त्री शङ्कर पोखरेलले पाँच न.प्रदेश सुशासनमा अब्बल रहेको बताउनु भएको छ । राजनीतिक भेटघाट को लागि मुख्य मन्त्री भैसकेपछी पहिलो पट्क गुल्मी पुग्नु भएका मन्त्री पोखरेलले सो कुरा बताउनु भएको हो । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीले सदरमुकाम तम्घास मा आयोजना गरेको कार्यक्रम मन्त्री पोखरेलले कसैको टिप्पणी को आधार भन्दा पनि समग्र सुशासनको इन्डिकेटर आधार हेर्नू पर्न बताउनु भयो । कुनै घटना मा तल माथि भएको हुन सक्छ तर समग्र सिस्टम सुधारको प्रक्रिया मा रहेको बताउनु भयो ।
साथै सबै प्रश्न जाहेज नहुने भन्दै उहाँले प्रदेशको राजधानी संविधानले तोक्ने समय निर्धारण नगरेको समेत उल्लेख गर्नु भयो । प्रदेशको नाम र राजधानी तोक्नको लागी प्रक्रिया अघि बढाइएको उहाँको भनाई थियो ।
साथै जिल्लाको सत्यवती गाउँपालिकाका पहिरो पीडित हरूलाई प्रदेश सरकारले नै पुनः स्थापना गर्न बताउनु भएको छ । सानातिना कुराको लागि केन्द्र सरकारको मुख नताक्ने उहाँको भनाई रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता