स्वास्थ्य ,पोषण तथा सुनौला हजार दिनको बारेमा मालिकामा गोष्ठी



फागुन १६ ।

गुल्मीको मालिका गाँउपालिकामा एकिकृत स्वास्थ्य र पोषणको दीगोपना सुनिश्चितता सम्वन्धी दुई दिने गोष्ठी सम्पन्न भएको छ ।
मालिका गाँउपालिका र एकिकृत ग्रामिण विकास समाज सुआहाराको संयुक्त आयोजनमा गोष्ठी सम्पन्न भएको हो ।
दुई दिन सम्म चलेको गोष्ठीमा बहु क्षेत्रीय पोषण क्षेत्रमा भएका क्रियाकलापहरुको पुनरावलोकन गरि पोषण तथा स्वास्थ्यको विकासमा जनप्रतीनीधीहरुको भुमिका र प्रतीबद्धता सुनिश्चितता गर्ने, विभिन्न नविनत्तम क्रियाकलापहरुको निरन्त्ररता तथा लगानी वृद्धीका लागी साझा प्रतिबद्धता तयार पारिएको छ ।

गोष्ठीमा पालिकाका विषयगत शाखा प्रमुख हरुले एकीकृत पोषण सम्बन्धी भएका गतिविधि प्रस्तुति गरेका थिए । र सोहि प्रस्तुतिका आधारमा व्यापक छलफल गरी समुह कार्य मार्फत मलिका गाँउपालिकाको समग्र एकीकृत स्वास्थ्य र पोषण स्थिति सुधारका लागि योजनाबद्द तरिकाले नीति तथा कार्यक्रम बनाइ कार्यान्वयन गर्न सामूहिक प्रतिबद्धता तयार गरिएको सामाजिक विकास शाखा संयोजक तथा वडा नं ६ का अध्यक्ष शोभाखर गिरिले बताए । उनले सबै जनप्रतिनिधिहरु र स्वास्थ्य चौकी प्रमुखहरुलाई यसको सही कार्यन्वयनको लागि आआफ्नो क्षेत्रबाट लाग्न अनुरोध समेत गरेका छन् । कार्यक्रममा सुनौला हजार दिनमा पोषणको महत्व र आबश्यकताको बारेमा वृहत छलफल गरीएको थियो ।


गोष्ठीमा मालिका गाँउपालिकाका जनप्रतीनीधी, निमित्त प्रमुख प्रशासकीय अधिकृत सबै विषयगता शाखाका प्रमुख तथा प्रतीनीधी आठै वटा स्वास्थ्य चौकीका प्रमुखको सहभागीता रहेको थियो ।

गोष्ठीमा सुआहाराका कार्यक्रम संयोजक ज्ञानदीप आर्चाय, एकीकृत ग्रामीण विकास समाजका कार्यकारी निर्देशक कृष्ण विश्वकर्मा र र्फिल्ड संयोजक राजेन्द्र विश्वकर्मा लगाएतले प्ररिक्षण दिएका थिए । भने कार्यक्रमको बारेमा गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अशर जिसीले प्रकाश पारेका थिए ।

मालिका गाँउ पालिकाकी उपाध्यक्ष देवा अर्यालको अध्यक्षता , गाँउ पालिकाका अध्यक्ष रित बहादुर थापाको प्रमुख आतीथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन गाँउपालिकाका स्वास्थ्य शाखाका संयोजक बसन्त भुसालले गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता