२१ औँ आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपको लागी २३ सदस्यीय टोली बुल्गेरीया प्रस्थान !



भदौ ६ गुल्मी ।

आगामी शनिवारदेखि बुल्गेरियामा सुरु हुने २१ औँ आई।टी।एफ। तेक्वान्दो विश्व च्याम्पियनसिपमा प्रतियोगिताको लागी २३ सदस्यीय नेपाली टोली बुल्गेरीया प्रस्थान गरेको छ ।

राजन रसाइली प्रति आशवादी 

आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा स्याङ्जाका राजन रसाइलीले पनि स्थान बनाएका छन् । रसाइलीसहित २३ जनाको नेपाली टोली बिहीबार नै बुल्गेरियाको पाल्मोदिभ तर्फ प्रस्थान गरेको हो ।

खेलाडी राज्न रसाइली

स्याङजाका रसाइलीले ८० केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । उनले यस अघि भएको चौथो दक्षिण एसियाली च्याम्पियनसिप र प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए । यस्तै, विभिन्न राष्ट्रिय प्रतियोगिताहरूमा उनले आधा दर्जन भन्दा बढी स्वर्ण पदक जितिसकेका छन् । यस अघिका अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा जस्तै यस पटक पनि स्वर्ण पदक जित्ने विश्वास लिएको उनले बताएका छन् । बिहीबार आयोजित बिदाइ कार्यक्रममा निकै आत्मविश्वासी देखिएका उनले नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले आफूले गरेको कडा परिश्रम खेर नजाने बताएका छन् ।
प्रतियोगितामा सहभागी हुन उनीसहित १४ खेलाडीले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् । प्रतियोगिता भदौ १३ गते सकिनेछ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता